अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि, कारण के हाे ? के भन्छ अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समिति ?
barnanmedia.com · Wed Sep 25 22:20:28 UTC 2024

अष्ट्रेलियामा दशैंको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ । नेपालमा यही असोज २६ गते (१२ अक्टुबर) दशैंको टीका परेको छ भने अष्ट्रेलियामा २७ गते (१३ अक्टुबर) मा टीका रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीले भने, ‘अष्ट्रेलियामा विजया दशमी पर्वको दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ ।’दशैंमात्र नभई तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अष्ट्रेलियामा एक दिन पछि रहेको अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ । नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् अक्टुबर ३१ तारिकमा छ भने अष्ट्रेलियामा कात्तिक १६ गते अर्थात् नोभेम्बर १ तारिकमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)