बहुमतका केन्द्रीय नेता पक्राउ
ratopati.com · Fri Aug 07 05:38:32 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का केन्द्रीय सचिवालय सदस्य तथा ब्युरो नम्बर ५ का इन्चार्ज तिलक पुन मगर पक्राउ परेका छन् । उनी बिहीबार राति दाङबाट पक्राउ परेका हुन् ।
पार्टीका प्रवक्ता उदय चलाउनेद्वारा शुक्रबार जारी विज्ञप्तिमा तिलकलाई घरमै बसिरहेको अवस्थामा नेपाल प्रहरीले पक्राउ पुर्जीबिनै पक्राउ गरेको दाबी गरिएको छ। पार्टीले उक्त घटनाप्रति घोर आपत्ति र भर्त्सना गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)