कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले
khabarhub.com · Fri Aug 07 05:39:08 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि सरकारले विनियोजन गरेको २ करोड रुपैयाँ फिर्ता लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेका छन्।
श्रावण २० गते मन्त्रालयका सचिवलाई सम्बोधन गर्दै पठाएको पत्रमा डा. कोइरालाले आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत विराटनगर महानगरपालिका–७, कोशी अस्पताल चोकस्थित विपी कोइरालाको जन्मघर (कोइराला निवास) को मर्मत तथा संरक्षणका लागि २ करोड रुपैयाँ विनियोजन गरेकोमा सरकारप्रति आभार व्यक्त गरेका छन्। तर, सीमित स्रोत र साधन भएका राज्यले अभाव र वञ्चनामा रहेका नागरिकको उत्थानमा प्राथमिकता दिनुपर्ने भन्दै उक्त बजेट आफूले नैतिक रूपमा स्वीकार गर्न नसक्ने उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)