राष्ट्रियसभा बैठक बुधबारसम्म स्थगित
kendrabindu.com · Fri Aug 07 06:11:12 GMT 2026

काठमाडौं। संघीय संसद् राष्ट्रिय सभाको बैठकको मिति परिवर्तन गरिएको छ । शुक्रबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश उक्त दिन बस्न नसक्ने भएपछि बुधबारका लागि सारिएको हो ।
राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले बैठकको मिति र समय परिवर्तन गरेका हुन्। अब राष्ट्रिय सभाको बैठक आगामी साउन २७ गते बुधबार दिउँसो १ः१५ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)