अभिनेत्रीको हत्या : अझै भेटिएन टाउको, सात बर्षसम्म सुल्झिएन रहस्य
annapurnapost.com · Fri Aug 07 06:15:00 GMT 2026

भारत : प्रहरीले चेन्नई शहरका विभिन्न स्थानमा राखिएका प्लास्टिकका बोराहरूबाट शरीरका टुक्राहरू फेला पार्न थालेपछि एउटा भयावह हत्याकाण्ड बाहिरियो । तमिलनाडुको राजधानी चेन्नईमा सुरु भएको यो खोजपछि ती सबै टुक्रा एउटै महिलाको भएको खुल्यो । तर अचम्मको कुरा के थियो भने महिलाको टाउको गायब भएकाले लामो समयसम्म उनको पहिचान हुन सकेन । आज पनि यो घटनाको ७ वर्षपछि उनको टाउकोको रहस्य समाधान भएको छैन ।
यो कथा ३७ वर्षको उमेरमा ज्यान गुमाएकी तमिल अभिनेत्री सन्ध्याको हो । उनको टाउको अझै भेटिएको छैन । प्रहरीको विशेष टोलीले पनि अहिलेसम्म टाउको फेला पार्न सकेको छैन । प्रश्न उठ्छ–उनको शवको पहिचान कसरी भयो ? यसको जवाफ शरीरमा बनेका ट्याटुहरू हुन्, जसलाई अभिनेत्रीकी आमाले पहिचान गरेकी थिइन् । पछि डीएनए परीक्षणले पनि यसको पुष्टि गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)