४४ लाख बराबरको सामग्रीसहित दुई भारतीय पक्राउ
gorkhapatraonline.com · Mon Jun 08 12:22:00 GMT 2026

बर्दियामा भन्सार छली ल्याएको सामानसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अवैधरुपमा भारतबाट ल्याउँदै गरेको तीन हजार सातसय ९० दर्जन काँचो केरासहित दुई पिकअप भ्यान र एक मोटरसाइकल पक्राउ गरेको हो ।
सामान ल्याउँदै गरेका भारत बहराइच जिल्ला फकलपुरका २० वर्षिय कलिम खान र २२ वर्षिय रिजवान अन्सारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)