प्रदेश २ : प्रदेश सभापतिमा देउवा पक्षबाट कृष्ण यादव उम्मेदवार, निर्वाचनको छैन टुङ्गो
ratopati.com
प्रदेश २ मा काँग्रेस सभापति पदका लागि संस्थापन पक्षबाट कृष्ण यादवले उम्मेदवारी घोषणा गरेका छन् । प्रदेश सभापति पदका लागि केन्द्रीय उपसभापति विमलेन्द्र निधिको पक्षबाट भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
संस्थापन पक्षबाट सभापति पदका उम्मेदवार बनेका कृष्ण यादव दुई पटक रौतहट जिल्ला सभापति भइसकेका छन् । निधि पक्षका उम्मेदवार रामसरोज यादव यसअघि जिल्ला विकास समिति धनुषा सभापति र संविधानसभा सदस्य हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)