पहाडको जैविक पुनर्भरण : अस्तित्वको अन्तिम विकल्प
ekantipur.com · Wed Dec 10 17:23:14 GMT 2025

बिहीबार विश्व पर्वत दिवस ! सन् १९९२ मा रियो द जेनेरियो ब्राजिलमा संयुक्त राष्ट्रसंघले विकास र वातावरणसम्बन्धी अन्तर्राष्टिय सम्मेलन आयोजना गर्यो । सम्मेलनमा ‘खस्कँदो पर्यावरणको व्यवस्थापन : पहाडको दिगो विकास एउटा महत्त्वपूर्ण प्रस्ताव’ का रूपमा अनुमोदन भयो । यसको एक दशकपछि सन् २००२ लाई ‘अन्तर्राष्ट्रिय पर्वत वर्ष’ घोषणा गरी यसका विविध पक्षमा जागरण अभियानका कार्य भए । यसको सफलतासँगै संयुक्त राष्ट्रसंघले २००३ देखि डिसेम्बर ११ मा अन्तर्राष्ट्रिय पर्वत दिवस मनाउने निर्णय गर्यो । योसँगै विश्व कृषि तथा खाद्य संगठनले यो दिवस मनाउँदै आएको छ ।
वैज्ञानिकहरू हिमालयलाई ‘तेस्रो ध्रुव’ का रूपमा चिनाउँछन् । यसको कारण उत्तरी र दक्षिणी ध्रुवीय क्षेत्रबाहेक विश्वमा सबैभन्दा बढी हिउँ र हिमनदीको भण्डार यही हिमालय क्षेत्रमा हुनु हो । यसको हिउँ र हिमनदी भण्डारले विश्वको एक चौथाइभन्दा बढी जनसंख्याका लागि पानी आपूर्ति गर्छ । हिमालयको हिउँ र बरफ बिस्तारै पग्लिएर वर्षैभरि नदीहरूमा पानीको बहाव कायम राख्छ, जसले गर्दा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने करोडौं मानिसको जीवन सम्भव भएको छ । यही हिमालयबाट उत्पन्न भएका गंगा, ब्रह्मपुत्र, सिन्धु र याङ्त्सेजस्ता विशाल नदीहरूकै कारण एसियाको खेतीपाती र यसैमा आधारित जीवन पद्धतिलाई हजारौं वर्षदेखि उन्नत बनाउन सम्भव भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)