आज तिहारको चौथो दिन : गाई र गोरुको पूजा गरी मनाइँदै
nayapatrikadaily.com · Fri Nov 05 01:32:00 GMT 2021
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन । आज गाई तिहार, गाईको पूजाआजा गरी मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरी गाई तिहार मनाइएको हो । वैदिक सनातन संस्कृति र ओमकार परिवारले गाईलाई आमाका रूपमा पूजा गर्ने गर्दछन् ।
हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । यस वर्ष आज नै गोरु तिहार पनि परेको छ । तिथिहरूको घटबढका कारण यो वर्ष गाई र गोरु तिहार एकैदिन परेको छ । गाई जगत्जननी भएकाले पनि सनातन संस्कृतिअनुसार पूजा गर्ने गरिएको सर्वसाधारण बताउँछन् । गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको सर्वसाधारणको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)