थाइल्यान्डको एक विद्यालयमा गोली काण्ड: ६ जना मारिए, आक्रमणकारी १४ वर्षीय बालक पनि मृत फेला
nepallive.com · Fri Aug 07 06:50:33 GMT 2026

काठमाडौं– थाइल्यान्डको राजधानी बैंकक नजिकको नोन्थाबुरीस्थित देबसिरिन विद्यालयमा भएको गोलीकाण्डमा कम्तीमा ६ जनाको ज्यान गएको छ। घटनामा संलग्न रहेको आशंका गरिएका १४ वर्षीय विद्यार्थी पनि घटनास्थलमै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मृत विद्यार्थी कक्षा ९ मा अध्ययनरत थिए। गोली चल्नासाथ विद्यालय परिसरमा त्रास फैलिएको थियो भने विद्यार्थी र कर्मचारी ज्यान जोगाउन भागदौड गरेका थिए। घटनापछि ठूलो संख्यामा प्रहरी र आपतकालीन उद्धार टोली परिचालन गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)