मोदीले २०२६ मा विदेश भ्रमणमा खर्च गरे ७५ करोड
barnanmedia.com · Fri Aug 07 06:48:06 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०२६ को विदेश भ्रमणमा हालसम्म ७४ करोड ५९ लाख रुपैयाँ खर्च भएको छ ।
भारतीय संसद्को राज्यसभामा सार्वजनिक गरिएको सरकारी विवरणअनुसार जुलाई २०२६ सम्म उनले १३ देशको भ्रमण गरेका छन् । उनले विदेशमा कुल २५ दिन बिताएका छन् । उनको भ्रमणमा प्रतिदिन औसत करिब दुई करोड ९८ लाख रुपैयाँ र प्रतिघण्टा करिब १२ लाख ४० हजार रुपैयाँ खर्च भएको देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यसमा जुलाई ६ देखि ११ सम्म भएको इन्डोनेसिया, अस्ट्रेलिया र न्युजिल्यान्ड भ्रमण पनि समावेश रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)