लिड्समाथि लिभरपुलको जित
baahrakhari.com · Sun Sep 12 17:43:00 GMT 2021
काठमाडौं । लिभरपुलले प्रिमियर लिग फुटबलमा लिभरपुलले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले लिड्स युनाईटेडलाई ३–० गोल अन्तरले पराजित गरेको हो । १० खेलाडीमा सीमित लिड्समाथि लिभरपुलले सहज जित निकाल्न सफल भयो ।
लिभरपुललाई जित दिलाउन खेलको २० औँ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । प्रिमियर लिगमा सलाहले १०० गोल पूरा गरेका छन् । पहिलो हफमा एक गोल गरेको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)