झापा, इलाम, पाँचथर र ताप्लेजुङमा १२ घण्टा विद्युत् अवरुद्ध हुने
bishowkhabar.com · Fri Aug 07 07:15:42 GMT 2026

काठमाडौं– झापा, इलाम, पाँचथर र ताप्लेजुङका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
दुहबी–दमक १३२ केभी प्रसारण लाइनअन्तर्गत केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेशन परीक्षण गर्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)