हुथी विद्रोहीको ‘ठूला आक्रमण’ : यमनमा ५८ सैनिकको मृत्यु, साउदीमा ११ नागरिक घाइते
baahrakhari.com · Fri Aug 07 07:22:37 GMT 2026

काठमाडौं । इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरेबियामा एकैसाथ ठूला आक्रमण गरेका छन् । यमनमा सरकारी सैन्य ठेगानामाथि ब्यालिस्टिक मिसाइल र ड्रोन प्रहार हुँदा कम्तीमा ५८ सरकारी सैनिकको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । यो आक्रमण पछिल्ला चार वर्षयताकै सबैभन्दा घातकमध्ये एक भएको बताइएको छ ।
यमनका सैन्य स्रोतका अनुसार, हुथीहरूले सरकारी सेनाका शिविरहरूलाई लक्षित गरेर मिसाइल र ड्रोन आक्रमण गरेका थिए । हुथी सैन्य प्रवक्ता याह्या साडीले साउदी अरेबियाको सहयोगमा भइरहेको भनिएको सैन्य गतिविधिको जवाफस्वरूप आक्रमण गरिएको दाबी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)