सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, घनश्याम आर्थिक मामिलामन्त्री
onlinekhabar.com · Fri Mar 08 16:53:41 GMT 2024
२५ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री र खुसीराम चौधरी विना विभागीय मन्त्री बनेका छन् । नउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाइएको छ भने इन्दिरा गिरीलाइ राज्यमन्त्री नियुक्त गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)