धान खेत जलाशय बने, किसानको करोडौँको लगानी डुब्यो
kalakarmi.com · Fri Aug 07 07:07:46 GMT 2026

रौतहट- प्रकृतिकोे सानो कृपाको पर्खाइमा रहेका रौतहटका किसानमाथि दैवले ठूलो बज्रपात प्रहार गरेको छ । विगत केही दिनदेखि परेको अविरल र मुसलधारे वर्षाका कारण जिल्लाभरिका धान खेतहरू हेर्दाहेर्दै विशाल जलाशयमा परिणत भएका छन् ।
नदी, पोखरी र स्थानीय जलाशय आसपासका उर्वर भूमिहरू मात्र होइन, जिल्लाका १८ वटै स्थानीय तहमा भर्खरै रोपिएका हरिया धानका गाँजहरू अहिले धमिलो पानीमुनि पुरिएका छन् । महिनौँको कडा श्रम, पसिना र ऋण गरेर किनेको मल–बीउको लगानी आँखाकै अगाडि पानीमा बगेर जाँदा जिल्लाका किसानहरू अहिले पीडामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)