खाद्य उद्योगमा एआई र नयाँ प्रविधिको प्रयोग बढ्दै
barnanmedia.com · Thu Oct 08 21:15:00 GMT 2026

खाद्य उद्योगमा कृत्रिम बुद्धिमत्ता (एआई), नयाँ प्रविधि र नयाँ प्रकारका खाद्य सामग्रीको प्रयोग बढ्दै गएको छ । यिनै प्रविधि र नयाँ उपायबारे जानकारी दिन स्पेनको बार्सिलोनामा खाद्य उद्योगसम्बन्धी ठूलो प्रदर्शनी आयोजना भइरहेको छ ।
अक्टोबर ६ देखि ८ सम्म आयोजना भइरहेको अलिमेन्टेरिया फुडटेक नामक प्रदर्शनीमा २२ देश तथा क्षेत्रका ३३० भन्दा बढी कम्पनी सहभागी छन् । सहभागी कम्पनीहरूले खाद्य तथा पेय पदार्थ उत्पादन, प्रशोधन र सुरक्षित राख्न प्रयोग हुने नयाँ उपकरण तथा प्रविधि प्रस्तुत गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)