कान्तिपुर हाफ म्याराथनको पुरस्कार वृद्धि
ekantipur.com · Tue May 31 00:53:38 GMT 2022
काठमाडौँ — कान्तिपुर हाफ म्याराथन ‘शान्ति र संविधानको समर्थन, अभिव्यक्ति स्वतन्त्रताको अधिकारको प्रवर्द्धन’ नाराका साथ २०६७ सालमा सुरु भएको थियो । सामाजिक विषयवस्तुलाई नाराका रूपमा अगाडि बढाउँदै कान्तिपुर हाफ म्याराथन दसौं संस्करण आयोजनाको संघारमा आइपुगेको छ । यसपल्टको नारा बनाइएको छ ‘जलवायु परिवर्तन’ ।
अनिश्चित र अनपेक्षित जलवायु परिवर्तनको कारण विश्वमै मानिसहरूको जीवनशैलीमा ठूलो असर गरिरहेको छ । जीवजन्तु र वनस्पतिजगतमा पनि नराम्रो प्रभाव पारिरहेको छ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) द्वारा आयोजित कान्तिपुर हाफ म्याराथनको नवौं संस्करण २०७६ साल जेठमा भएको थियो । कोभिड–१९ महामारीले प्रभावित भएपछि दुई वर्षपछि आएर दसौं संस्करण यही जेठ २१ गते शनिबार हुँदै छ । यो संस्करणका लागि ह्यासट्याग रनफरग्रिननेपाल र क्लाइमेटचेन्जक्राइसिस चलाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)