ऊर्जा निर्भरताबाट जोगिन रुबियोको चेतावनी
barnanmedia.com · Thu Oct 08 21:25:00 GMT 2026

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कुनै एक भौगोलिक क्षेत्र वा व्यापारिक मार्गमा अत्यधिक निर्भर हुँदा ऊर्जा आपूर्ति अवरुद्ध हुनसक्ने र त्यसले विश्वव्यापी आर्थिक स्थिरता तथा राष्ट्रहरूको स्वतन्त्र निर्णय क्षमतामा असर पार्नसक्ने चेतावनी दिनुभएको छ ।
ग्रिसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँग एथेन्समा भएको संयुक्त पत्रकार सम्मेलनमा उहाँले ऊर्जा आपूर्तिका वैकल्पिक मार्ग विकास गर्न तथा भूराजनीतिक हस्तक्षेपबाट ऊर्जा प्रवाह सुरक्षित राख्न अन्तर्राष्ट्रिय गठबन्धन बलियो बनाउन अमेरिकाले लगानी गरिरहेको बताउनुभयो । “ऊर्जा आपूर्ति वा विश्वको कुनै एक भागबाट हुने ऊर्जा प्रवाह अवरुद्ध हुँदा सम्पूर्ण विश्व जोखिममा पर्ने अवस्था हामीले कहिल्यै स्वीकार गर्न सक्दैनौँ”, उहाँले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)