चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि अनलाइन आवेदन खुला
nepalsamaya.com · Fri Aug 07 08:18:00 GMT 2026

काठमाडौं- चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षा स्नातक तह (एमईसीईई–बिएल २०२७) अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन आह्वान गरेको छ।
आयोगले शुक्रबार सूचना जारी गर्दै योग्यता पुगेका इच्छुक उम्मेदवारले २०८३ साउन २५ गते बिहान ९ बजेदेखि भदौ १५ गते अपराह्न ५ बजेसम्म आयोगको अनलाइन आवेदन प्रणालीमार्फत आवेदन दिन सक्ने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)