सांसद रानाको प्रश्न– लिपुलेक, लिम्पियाधुरा र कालापानीको जमिन फिर्ता ल्याउन सरकारले कस्तो पहल गरिरहेको छ ?
ratopati.com · Fri Aug 07 08:23:13 GMT 2026

काठमाडौँ । एमाले सांसद कृपाराम रानाले प्रतिनिधिसभाको बैठकमा नेपालको सार्वभौमसत्ता, सीमा विवाद र पछिल्लो समय देखिएको ग्यास अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभामा सांसद रानाले प्रधानमन्त्री बालेन शाहले नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए । ‘प्रधानमन्त्री बालेन्द्र शाहले यस्तो राष्ट्रघाती अभिव्यक्ति दिनु गम्भीर विषय हो,’ उनले भने, ‘सभामुख महोदय, यस्तो अभिव्यक्ति संसद्को रेकर्डमा रहन मिल्दैन, यसलाई तत्काल हटाइयोस्।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)