मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अन्तत: एमालेसँगै गठबन्धन गर्दै लोसपा

ratopati.com

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा उभिएको नेकपा एमालेसँगै आसन्न निर्वाचनमा गठबन्धन गर्ने तरखरमा देखिएको छ ।

लोसपा नेपालले एमालेसँग चुनावी गठबन्धन गर्न आवश्यक तयारीका लागि वार्ता समितिसमेत बनाएको छ । उल्लेखनीय छ, लोसपाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ । लोसपाले राष्ट्रपतिको पुतला दहनदेखि विरोध प्रदर्शन गरिरहँदा एमालेका भ्रातृ संगठनहरुले भने नागरिकता विधेयक प्रमाणीकरण नगरेकोमा स्वागत गर्नुका साथै खुसीयाली मनाइरहेका छन् । मुद्दाका हिसाबले परस्पर विरोधी खेमामा रहेका लोसपा र एमालेबीच चुनावी तालमेलको पहल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)