नेपाली राजनीतिको चोलेन्द्र सिन्ड्रोम
barnanmedia.com · Thu Oct 08 21:50:34 GMT 2026

चोलेन्द्रशमशेर जबरा प्रधानन्यायाधीशको पदमा रहँदा न्यायालय र राजनीतिक शक्तिबीचको सम्बन्धलाई लिएर गम्भीर विवाद भयो । महाभियोग प्रस्तावदेखि संवैधानिक नियुक्तिमा भागबण्डासम्मका घटनाले उनको भूमिकालाई न्यायिक सीमाभन्दा पर राजनीतिक शक्ति–समीकरणसँग जोडेर हेर्ने अवस्था बन्यो ।
तर पदबाट बाहिरिएपछि पनि चोलेन्द्रको राजनीतिक र न्यायिक प्रभावबारे चर्चा सकिएको छैन । नेपाली राजनीति चोलेन्द्र सिन्ड्रोमबाट गहिरोसँग ग्रसित छ । अहिले पनि नेपाली राजनीतिमा उनको नाम फेरि सत्ता, संसद् र पार्टीको आन्तरिक वैधानिकता विवादमा चलखेलसँग जोडिएर आएको छ । र यसका लागि न्यायालयलाई हतियार बनाउन खोजिएको रहेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)