बनेपामा सधैं डुबान
ekantipur.com · Thu Jun 02 00:52:25 GMT 2022
काभ्रे — केही समय वर्षा हुनेबित्तिकै बनेपाको पुलबजारलगायत क्षेत्र डुबान हुने गरेको छ । डुबान नियन्त्रणका लागि स–साना प्रयास भए पनि दीर्घकालीन समस्या समाधान हुन सकेको छैन । केही दिनअघिको वर्षाका कारण पुलबजार चाँदनीचोक, तरकारी बजारलगायत अरनिको राजमार्गमा पर्ने विभिन्न भाग र पुण्यमाता कोरिडोरका विभिन्न भूभाग डुबानमा परेका हुन् ।
खोला अतिक्रमण गरी बनेका घर र अन्य संरचना, बढ्दो सहरीकरण, वर्षौं सफा नगरिएका कारण अबरुद्ध ढल निकास, खोलामा फालिने फोहोर र आसपासका क्षेत्रमा गरिएका प्लटिङका कारण बगाएको माटोले खोलाको सतह बढ्दा डुबानको समस्या देखिएको हो । अतिक्रम हटाउने, खोलाको रेखाकंन गर्ने योजना अघि बढे पनि डुबानको समस्या दोहोरिँदै आएको हो । डुबानको कारण अरनिको राजमार्ग क्षेत्रको यातायात प्रभावित हुँदै आएको छ । खड्पु, धनेश्वर, नालालगायत क्षेत्रमा लगाइएको खेतीमा पनि क्षति हुने गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)