मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकामा लेनदेन व्यवस्थापन गर्ने’ मोहन थापा पक्राउपछि रविलाई आइलाग्यो अर्काे संकट

barnanmedia.com · Sun Mar 02 23:13:14 GMT 2025

रवि लामिछाने जसरी एकाएक ६ महिनामै सञ्चारकर्मीबाट सांसद अनि उपप्रधान तथा गृहमन्त्री बनेर राजनीतिको शिखरमा पुगे, त्यसैगरी ओरालो लागेका छन्। दुईवटा नागरिकता लिएको पुष्टि भएपछि रास्वपा सभापति, संसदीय दलका नेता, सांसद र उपप्रधान एवं गृहमन्त्री पद गुमाएका रवि फेरि उपचुनाव लडेर सांसद बने। उपप्रधान तथा गृहमन्त्री बने। तर, त्यसपछि पनि उनीमाथि एकपछि अर्काे संकट लाग्ने क्रम रोकिएको छैन।

गत वर्ष असारमा गृहमन्त्री पद खुस्किएपछि पोखरा, काठमाडौं, चितवन र बुटवलमा सहकारी अपचलन मुद्दा खेपिरहेका रविले ८४ दिन प्रहरी हिरासतमा विताइसकेका छन्। उनी तीनवटै जिल्ला अदालतबाट धरौटीमा रिहा भएपनि अहिले सांसद पदबाट निलम्बनमा छन्। भलै घरमै छन् तर मुद्दा खेपिरहेका छन्। पर्सामा पनि उनीविरुद्ध सहकारी ठगीमा अनुसन्धान चलिरहेको छ। दोहोरो पोसपोर्ट लिएको उजुरी पनि छँदैछ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)