७ लाख ३१ हजार घुससहित कैलालीका वरिष्ठ वन अधिकृत पक्राउ
lokaantar.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाली डिभिजन वन कार्यालय, धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादवलाई सेवाग्राहीबाट घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ।
आयोगको कञ्चनपुर कार्यालयबाट खटिएको टोलीले यादवलाई रु ७ लाख ३१ हजार घुससहित नियन्त्रणमा लिएको हो। आयोगका अनुसार यादवले कैलालीको चुरे गाउँपालिका–६ स्थित ग्वासी सामुदायिक वनबाट निस्किएको काठको बिमर्का र छोडपूर्जीको प्रक्रियाका लागि सेवाग्राहीसँग रिश्वत मागेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)