जनजीवन सामान्यीकरण गर
rajdhanidaily.com · Sun Nov 05 23:22:09 GMT 2023
दसैं, तिहार र छठजस्ता पर्वका कारण आफ्नै समस्यामा अल्झिरहेका नेपाली जनता जाजरकोटको भूकम्पले निम्त्याएका पीडाले निकै तनावमा छन् । जाजरकोटको भूकम्पलाई ‘अझ ठूलो भूकम्प आगमनको संकेत’का रूपमा अथ्र्याउन थालिएपछि सिंगो नेपालीजगत् सो सम्भावित भूकम्पको पूर्वतयारी के हुनसक्छ भनी सरकारी सोच, नीति तथा योजनाको शीघ्र सार्वजनिकीकरणको पर्खाइमा छन् । अर्कोतिर अहिलेको ‘ग्लोबलाइज्ड’ संसारमा हुने र भए÷गरेका घटनाले नेपालीलाई निकै छोएको छ । रूस–युक्रेन, इजरायल–हमास युद्ध आदिले पनि नेपाली जनजीवनमा त्रास निम्त्याएको छ । पर्वको आगमनसँगै उपभोग्य सामग्रीको मूल्य निकै अकासिएको छ । कृत्रिम अभाव जस्ताको तस्तै छ । यसका ’boutमा न त सरकार, न त सम्बन्धित पक्षहरू नै बोल्न सकिरहेका छन् । सदाका वर्षभन्दा यस वर्ष दसैं कम हर्षोल्लासका साथ बित्यो । तिहार मुखैमा आइपुगेको छ । छठ पर्वले अग्रीम निम्तो दिइरहेको छ । भूकम्पको प्रभाव न्यूनीकरण र पीडितको उचित व्यवस्थापनका लागि पूर्वतयारी नहुँदा घाइतेहरूको उद्धारमा हुन गएको ढिलाइ एवं कमजोर व्यवस्थापनको विषयलाई लिएर सम्बन्धित सबैको आलोचना भइरहेको छ ।
यदि, भूकम्पको पूर्वतयारी भएको भए घाइतेहरूको समयमै उद्धार हुन जाने र बचाउन सकिने आँकलनले सबैलाई थकथकी बनाएको छ । नेपालमा बर्सेनि हुने र भोगिने प्राकृतिक विपद्झैं भूकम्प र यसले निम्त्याउने विपद् पनि बर्सेनि कतै न कतै भइरहने भएकाले यसका लागि पूर्वतयारी हुनु जरूरी छ । यो तयारी गरेमा सम्भावित दुर्घटना र त्यसको जोखिमबाट बँच्न सकिने मनोभाव जनतामा सिर्जना हुनेहुँदा जनजीवन सामान्यीकरण गर्न यसले ठूलो मद्दत पु¥याउने देखिन्छ । विपद् व्यवस्थापन आखिरमा मनोभावना, मनोविज्ञान तथा मनोदशाको व्यवस्थापन पनि हो । मनोविज्ञानको यस पक्षलाई मानिसजस्तो चेतनशील प्राणीको सोच र बोधबाट अलग गरेर हेर्न सकिँदैन । त्यसो त नेपाल पहिलेको जस्तो अवस्थामा पनि छैन । स्वदेशी शक्तिकेन्द्रका साथै विदेशी शक्तिकेन्द्रहरूका अभिव्यक्ति र क्रियाकलापले पनि नेपालीको जनजीवन सोच, विचार र व्यवहारमा ठूलो प्रभाव पार्दै लगिरहेको छ । रूस–युक्रेन, इजरायल–हमास युद्ध, अमेरिका–चीनको महातनाव, भारतीय गतिविधि आदिले नेपाली जनजीवन भूमरीमा खेलिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)