अब आईपीओको मूल्य बजारले तय गर्ने, सेबोनले ल्यायो प्राथमिक पूँजी बजार सुधारको नयाँ रोडम्याप
ajakoartha.com · Fri Aug 07 08:55:00 GMT 2026

काठमाडौं- नेपाल धितोपत्र बोर्ड(सेबोन) ले प्राथमिक पूँजी बजारलाई थप पारदर्शी, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअन्तर्गत ल्याइएको श्वेतपत्रले आगामी दशकका लागि प्राथमिक बजार सुधारको दीर्घकालीन मार्गचित्र प्रस्तुत गरेको बोर्डले जनाएको छ।
श्वेतपत्रले पछिल्ला वर्षहरूमा प्राथमिक बजारमा लगानीकर्ताको सहभागिता उल्लेखनीय रूपमा बढे पनि कम्पनी मूल्यांकन, मूल्य निर्धारण, संस्थागत लगानीकर्ताको भूमिका तथा बजारको गुणस्तरमा अपेक्षित सुधार हुन नसकेको निष्कर्ष निकालेको छ। यसलाई सम्बोधन गर्न प्राथमिक बजारलाई संख्यात्मक विस्तारभन्दा गुणात्मक विकासतर्फ केन्द्रित गर्ने रणनीति अघि सारिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)