चार वर्षपछि टेलिभिजनमा फर्किए ‘हर्के हल्दार’, अब ‘कमेडी बाज’ मा निरन्तर
kalakarmi.com · Fri Aug 07 08:32:57 GMT 2026

काठमाडौं- लामो समय ‘हर्के हल्दार’ को परिचय बनाएका स्थापित कलाकार बिष्णु सापकोटा टेलिभिजनमा फर्किएका छन् ।
उनी कमेडी बाज कार्यक्रममार्फत कमब्याक गरेका हुन् । पछिल्लो समय कुनै पनि कार्यक्रममा नेदेखिएका बिष्णु अब कमेडी बाजमा निरन्तर देखिने भएका हुन् । हरेक आइतवार राती ८ बजे ईमेज टेलिभिजनमार्फत प्रसारण हुँदै आएको कमेडी बाजमा उनी पर्फमरको रुपमा देखिदैछन् अर्थात उनले हरेक साता कमेडी प्रस्तुती दिनेछन् । उनी आफ्नो परिचीत पात्र हर्के हल्दारकै गेटअपमा प्रस्तुती दिनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)