कांग्रेस सांसदले संसद्मा मौनधारण गरेपछि...
barnanmedia.com · Fri Aug 07 08:48:28 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले धनुषाको मिथिला नगरपालिका–७ मा बनाउने भनिएको डेडिकेटेड ट्रमा सेन्टरको निर्णय खारेज गर्न लागेको भन्दै सदनमा मौनधारण गरेका छन् । उनले ट्रमा सेन्टर बनाउनका लागि २०७७ सालदेखि प्रक्रिया सुरु भएको बताए ।
एकपटकको बजेटमा २० करोडसम्म विनियोजन गरेको सुनाए । त्यसका लागि चार बिघा जमिन छुट्याइएको बताए । सरकारले बजेटमा मधेस प्रदेशमा ट्रमा सेन्टर बनाउने भनिएको बताए । तर, स्वास्थ्यमन्त्रीले साउन १९ गतेको बैठकमा ढल्केबरको नाम नभनेर अन्यत्रको नाम लिएको बताए । “ढल्केबरमा प्रस्तावित डेटिकेटेड ट्रमा सेन्टर थियो । त्यो कहाँ हरायो ?,” उनले सोधे ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)