‘हरेक दिवसमा वृक्षरोपण हुन्छ, बिरुवाको संरक्षण हुँदैन’
ekagaj.com · Mon Jun 05 15:57:21 GMT 2023
काठमाडौँ- 'लगाए जति बिरुवाको संरक्षण गर्ने हो भने देश वन सम्पदा संरक्षण हुने थियो तर हाम्रो समाजले यसको महत्व बुझेको छैन,' बिद्योदय माविका एक शिक्षिका यदु सुवालले भने । उनका अनुसार हरेक दिवसमा प्राय जिल्लाजिल्लामा वृक्षारोपण गरिन्छ, तर बिरुवा रोपिन्छ, संरक्षण गरिँदैन ।
संरक्षण किन गर्ने भन्ने छ तर यसको महत्व जसले बुझेको छ, उसैले मात्र संरक्षण गर्ने गरेकाले रोपेका बिरुवा कमै जोगिएको पाइन्छ । वन जङ्गलबाट विभिन्न औषधिजन्य जडिबुटी पाइनुका साथै भूक्षय नियन्त्रण हुन्छ भने पानीको स्रोत बढ्ने फाइदा छन् । भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले भने, 'वृक्षारोपण गरिन्छ तर मलजल, गोडमेल गर्ने व्यवस्थापन हुन नसक्दा बिरुवा हुर्किएको कमै मात्र देखिन्छ । रोप्ने कार्यक्रमको साथमा बेलाबेला गोडमेलको कार्यक्रम गर्दै स्थानीयवासीलाई जिम्मेवार बनाउनुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)