थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते
nepalnews.com · Fri Aug 07 09:00:10 GMT 2026
बैङ्कक। थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा शुक्रबार भएको गोली हानाहानमा कम्तिमा चार जनाको मृत्यु भएको पुष्टि गर्दै अन्य १५ जना विद्यार्थी घाइते भएको आन्तरिक उप मन्त्री पोलापी सुवुन्चवीले बताएका छन्।
नोन्थाबुरी प्रान्तको उक्त विद्यालयमा भएको आक्रमणमा दुई जना विद्यार्थी र दुई जना शिक्षकको मृत्यु भएको मन्त्री पोलापी सुवुन्चवीले स्थानीय प्रसारणकर्ता थाई पिबिएसलाई बताएका छन्। अधिकारीहरूलाई उद्धृत गर्दै गरिएको स्थानीय मिडिया रिपोर्टका अनुसार बन्दुकधारीलाई किशोर अवस्थाका विद्यार्थीका रूपमा पहिचान गरिएको थियो घटनामा भने उनको मृत्यु भएको पनि रिपोर्ट गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)