मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनए विवादः निर्वाचन सम्पन्‍न गर्न उपसमिति गठन

ekagaj.com · Sun Jan 16 00:48:47 GMT 2022

लन्डन - गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद अन्त्य गरेर निर्वाचन सम्पन्न गर्न एक उपसमिति गठन गरिएको छ । संघको शनिबार बसेको ८१औं बैठकले संघका पूर्वअध्यक्ष शेष घलेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । यसअघि संघका अध्यक्षका प्रत्यासीसहित पूर्वअध्यक्षहरूको बैठकले १०औं महाधिवेशन सम्पन्न गर्न ४ बुँदे सहमति गरेको छ ।

सहमतिअनुरुप सो समितिलाई २६ जनवरीभित्र प्रतिनिधि विवाद मिलाउन जिम्मा दिइएको छ । समिति सदस्यमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, संरक्षक जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, राम प्रताप थापा र वर्तमान अध्यक्ष कुमार पन्त छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)