ककरोच जनता पार्टीले सेप्टेम्बरदेखि भारतव्यापी अभियान सुरु गर्ने
baahrakhari.com · Fri Aug 07 09:09:28 GMT 2026

काठमाडौं । भारतका युवाहरूको नेतृत्वमा रहेको ककरोच जनता पार्टीले सेप्टेम्बर १ देखि ‘क्या बोलती पब्लिक’ नामको राष्ट्रव्यापी अभियान सुरु गर्ने घोषणा गरेको छ । सो पार्टीले देशभरका नागरिकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूका सुझाव, अपेक्षा र समस्याहरू संकलन गर्ने जनाएको छ ।
दिल्लीमा भएको ठूलो विरोध प्रदर्शनको एक महिनाभित्रै घोषणा गरिएको यो अभियान नागरिक–सञ्चालित ‘युवा सुधार बडापत्र’ तयार पार्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ । पार्टीले बडापत्र तयार गर्नुअघि देशभरका युवाहरू र सर्वसाधारणको आवाज सुन्ने अभियान चलाइने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)