दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
barnanmedia.com · Thu Feb 26 22:39:20 GMT 2026

आसन्न प्रतिनिधिसभा निर्वाचनको खुला चुनावी प्रचारको अवधि घर्कँदै गर्दा दलहरूले सार्वजनिक सभा आयोजना गर्न थालेपछि थप चहलपहल बढेको छ । पछिल्ला एकदुई दिनभित्र जिल्लाका चारवटै प्रतिनिधिसभा क्षेत्रमा दलका शीर्षनेताको सहभागितामा सम्पन्न चुनावी सभाले चहलपहल निकै बढाएको हो ।
निर्वाचनमा मनोनयनपत्र दर्ता गरेसँगै दल र उम्मेदवारलाई चुनाव लागे पनि आम मतदातामा खासै उत्साह नबढेको आम प्रतिक्रिया पाइन्थ्यो । तर पछिल्ला एकदुई दिनभित्र दलहरूले आयोजना गरेका सभामा शीर्षनेता नै मुख्य वक्ता रहेका कार्यक्रमले आम मतदातामा चुनावी चासो र प्रतिक्रिया बढेको बुद्धिजीवीले औँल्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)