मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमसिसीको प्रसारण लाइन बनाउन ग्लोबल टेन्डर भयो, तर जग्गा प्राप्ति अझै सुरु भएन

nayapatrikadaily.com · Fri Dec 16 00:53:00 GMT 2022

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)अन्तर्गतका चार प्रसारण लाइन बनाउन ग्लोबल टेन्डर आह्वान भइसक्दा पनि जग्गा प्राप्तिको काम भने सुरु भएको छैन । एमसिसी कार्यान्वयन गर्ने निकाय मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले १२ मंसिर (२८ नोभेम्बर)मा प्रसारण लाइन बनाउन टेन्डर आह्वान गरिसकेको छ । तर, सोही प्रसारण लाइन बनाउन चाहिने जग्गा प्राप्तिको काम भने अझै सुरु भएको छैन ।

प्रसारणलाई निर्माणको टेन्डर भइसक्दासमेत जग्गा प्राप्तिको काम अघि नबढ्दा एमसिसी कार्यान्वयन तालिका नै प्रभावित हुने संकेत पनि देखिएको छ । एमसिसी अगस्ट २०२३ देखि कार्यान्वयनमा जाने कार्यतालिका बनाइएको छ । जुन मिति (समय) आउन अब नौ महिना समय बाँकी छ । परियोजना निर्माणमा जानुभन्दा अघि नै मुआब्जा वितरण गर्ने, जग्गा प्राप्ति गर्ने, रूख कटानीको स्वीकृति लिनेलगायतका तयारी पूरा गर्नुपर्नेछ । त्यसो गर्न सकेमा निर्माण कार्य तत्काल र दु्रत गतिमा अघि बढाउन सकिन्छ । तर, तयारीको अन्तिम चरणमा आउँदासमेत जग्गा प्राप्ति काम भने अन्योलमै देखिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)