नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाको नतिजा सार्वजनिक : ९३.४८ प्रतिशत परीक्षार्थी उत्तीर्ण
ratopati.com · Fri Aug 07 09:19:05 GMT 2026

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले गत साउन ७ र ८ गते सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ। काउन्सिलले शुक्रबार प्रकाशन गरेको नतिजा अनुसार परीक्षामा सहभागी कुल १ हजार १३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण भएका छन्।
यस्तै ६५ जना अनुत्तीर्ण भएका छन् भने १ जना अनुपस्थित रहेका थिए। यसपटकको विशेष परीक्षामा समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)