मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रथम राष्ट्रिय बाँस सम्मेलन सम्पन्न

rajdhanidaily.com · Sun Mar 02 23:24:28 GMT 2025

खोटाङ । खोटाङमा आयोजित “प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१” ३५ बुँदे ‘खोटाङ घोषणा–पत्र’ जारी गर्दै शनिबार सम्पन्न भएको छ । तीन दिनसम्म सञ्चालन गरिएको यस ऐतिहासिक सम्मेलनले बाँसले दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वासका साथ व्यापक सहभागिताबीच समापन गरिएको हो ।

सम्मेलनबाट जारी भएको ‘खोटाङ घोषणा–पत्र’मा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’को रूपमा पहिचान दिलाउन पहल गर्ने महत्वपूर्ण निर्णय समावेश गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा सम्पन्न यस सम्मेलनले जारी गरेको घोषणापत्रमा दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न पहल गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन शुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, साथै प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने घोषणापत्रमा जनाईएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)