हेटौंडाका पेट्रोल पम्पमा क्यूआर भुक्तानी नचल्दा सेवाग्राही हैरान, डिजिटल नेपाल नारामै सीमित ?
nepalbahas.com · Mon Jun 08 12:34:24 GMT 2026

हेटौंडाका पेट्रोल पम्पमा क्यूआर भुक्तानी नचल्दा सेवाग्राही हैरान, डिजिटल नेपाल नारामै सीमित ?
२५ जेठ, हेटौंडा । शनिबार र आइतबार सरकारी बिदाका कारण इन्धन ढुवानी प्रभावित हुँदा मकवानपुरका अधिकांश पेट्रोल पम्पमा इन्धन अभाव देखिएको छ। खुलेका पेट्रोल पम्पमा सवारीसाधनको अत्यधिक चाप बढेको छ भने सेवाग्राहीले लामो समय लाइनमा बस्नुपरेको अवस्था रहेको छ।
इन्धन अभावकै बीच हेटौंडाका केही पेट्रोल पम्पमा क्यूआर (QR) भुक्तानी सेवा प्रभावकारी रूपमा सञ्चालन नभएको भन्दै सेवाग्राहीहरुले गुनासो गरेका छन्। डिजिटल कारोबारलाई सरकारले प्राथमिकता दिइरहेका बेला पेट्रोल पम्पहरूमा अझै पनि नगद कारोबारमै निर्भर रहनुपरेको भन्दै स्थानीय तथा बाह्य जिल्लाबाट आएका यात्रुहरू असन्तुष्ट देखिएका हुन्।
हेटौंडा भ्रमणका क्रममा भेटिएका भारतको बिहार राज्यका पर्यटक रामचरण चौधरीले नेपालका पेट्रोल पम्पमा क्यूआर भुक्तानी सहज रूपमा उपलब्ध नभएको गुनासो गरे। उनका अनुसार नेपाल भ्रमणका क्रममा नगद रकम पर्याप्त नभएको अवस्थामा डिजिटल भुक्तानी गर्न खोज्दा समस्या भोग्नुपरेको हो।
उनले भने, “हामीसँग नगद रकम थिएन। क्यूआरबाट भुक्तानी गर्न खोज्यौं तर सम्भव भएन। अहिलेको डिजिटल युगमा पेट्रोल पम्पमा पनि सहज डिजिटल भुक्तानीको व्यवस्था हुनुपर्छ।”
यस्तै, हेटौंडाका सञ्चारकर्मी दिक्षान्स खड्काले पनि पेट्रोल पम्पमा क्यूआर भुक्तानी गर्न खोज्दा असहज परिस्थिति सामना गर्नुपरेको बताए। उनका अनुसार पेट्रोल हालिसकेपछि क्यूआरमार्फत रकम तिर्न खोज्दा भुक्तानी स्वीकार नभएपछि नजिकैको पसलमा गएर नगद व्यवस्थापन गर्नुपरेको थियो।
“डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको देशमा पेट्रोल पम्पमै क्यूआर भुक्तानी नचल्नु दुःखद विषय हो,” उनले भने, “सवारी चालक र यात्रुहरूलाई अनावश्यक झन्झट बेहोर्न बाध्य बनाइएको छ।”
स्थानीय बासिन्दाहरूले पनि पेट्रोल पम्पहरूमा अनिवार्य रूपमा क्यूआर भुक्तानी प्रणाली लागू गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। बैंक तथा डिजिटल वालेट सेवाहरूको पहुँच गाउँगाउँसम्म विस्तार भइसकेको अवस्थामा अत्यावश्यक सेवासँग सम्बन्धित पेट्रोल पम्पहरूमा नगद मात्रै प्राथमिकता दिनु उपयुक्त नभएको उनीहरूको भनाइ छ।
विशेषगरी बाहिरी जिल्ला तथा विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आउँदा डिजिटल भुक्तानीमा निर्भर हुने भएकाले पेट्रोल पम्पहरूमा आधुनिक भुक्तानी प्रणालीको व्यवस्था नहुँदा नेपालको पर्यटन छविमा समेत नकारात्मक प्रभाव पर्न सक्ने सरोकारवालाहरूको धारणा छ।
इन्धन आपूर्ति व्यवस्थापनसँगै डिजिटल भुक्तानी प्रणालीलाई पनि प्रभावकारी बनाउन सके सेवाग्राहीको समय बच्ने, कारोबार पारदर्शी हुने तथा नगद अभावका कारण उत्पन्न हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ।
हाल हेटौंडाका विभिन्न पेट्रोल पम्पमा क्यूआर भुक्तानी सम्बन्धी समस्या कति व्यापक छ भन्ने विषयमा सम्बन्धित पेट्रोलियम व्यवसायी तथा निकायको आधिकारिक धारणा आउन बाँकी रहेको छ। यद्यपि सेवाग्राहीहरूले भने पेट्रोल पम्पहरूमा क्यूआर भुक्तानी सेवा अनिवार्य र प्रभावकारी बनाउन तत्काल पहल गर्नुपर्ने माग अघि सारेका छन्।
हेटौंडा
पेट्रोल पम्प
डिजिटल भुक्तानी
क्यूआर भुक्तानी
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
बागमती प्रदेशसभा: सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
जेठ १९, २०८३ मंगलबार
विमानस्थलभित्रका रेष्टुरेण्टमा बेथिति, १२ लाख जरिवानासहित खाद्य सामग्री नष्ट
जेठ १९, २०८३ मंगलबार
बागमती प्रदेशसभामा नीति कार्यक्रमबारे आजदेखि छलफल
जेठ १८, २०८३ सोमबार
नेपालबहस ट्रेन्डिङ
आईजीपी कार्कीको कमाण्ड क्षमतामा प्रश्न !
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
मोबाइलसँगै नष्ट भए जन्मदर्ता र सम्झना, अभिभावकको पुकार नसुन्ने सिरहाका अधिकारीमाथि कारबाहीको माग
नेपालबहस संवाददाता
जेठ २३, २०८३ शनिबार
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
नेपालबहस संवाददाता
जेठ २५, २०८३ सोमबार
क्षेप्यास्त्र आक्रमणपछि इरान र अमेरिकाबीचको तनाव थप उत्कर्षमा, मध्यपुर्वी देशमा संकट उत्पन्न
नेपालबहस संवाददाता
जेठ २४, २०८३ आइतबार
Tweets by nepalbahas
लोकप्रिय
१
लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषयमा ‘पुरानो भारी नबोक्ने’ परराष्ट्रमन्त्रीको भनाइ पनि विवादमा
जेठ २५, २०८३ सोमबार
२
दीपक भट्ट र सुलभ अग्रवालसहित ४६ जनाविरुद्ध आज ६ वटा मुद्दा दर्ता हुने
जेठ २५, २०८३ सोमबार
३
राजनीतिक छलफलका लागि रास्वपाद्वारा बोलाइएको सर्वदलीय बैठकमा गगन नजाने
जेठ २५, २०८३ सोमबार
छुटाउनुभयो कि?
हेटौंडाका पेट्रोल पम्पमा क्यूआर भुक्तानी नचल्दा सेवाग्राही हैरान, डिजिटल नेपाल नारामै सीमित ?
जेठ २५, २०८३ सोमबार
सम्पत्ति शुद्धीकरण मुद्दामा भट्ट र अग्रवाललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
जेठ २५, २०८३ सोमबार
वीरगञ्जका मेयर सिंहसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर, मेयर पद निलम्बित
जेठ २५, २०८३ सोमबार
विद्युत महसुल बुझाउन सेवाग्राहीको भीड
जेठ २५, २०८३ सोमबार
एकैपटक १० जना सचिवको सरुवा : बजेट बनाउने बराल गण्डकी पुगे, कृष्णहरि पुष्कर अतिरिक्तमा तानिए
जेठ २५, २०८३ सोमबार
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
जेठ २५, २०८३ सोमबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
कृष्णहरी पुष्कर