मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा : बङ्लादेशसँग भुटान ३–१ गोलले पराजित

Ujyaaloonline.com · Thu Jun 29 00:31:11 GMT 2023

काठमाण्डाै - भारतको बेङ्ग्लोरमा चलिरहेको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । कान्तिरभा फुटबल मैदानमा हिजो भएको खेलमा बङ्ग्लादेश भुटानलाई ३–१ ले गोलले हराउँदै समूह ‘बी’को उपविजेता बनेको छ ।

बङ्ग्लादेश सेमिफाइनलमा पुगेको छ । सन् २००९ पछि बङ्ग्लादेश पहिलो पटक साफ च्याम्पियनसिपको अन्तिम चारमा पुग्न सफल भएको हो । त्यसअघि हिजो भएको खेलमा लेवनानले माल्दिभ्सलाई १–० गोलले हरायो । लेवनान समूह ‘बी’को विजेता बनेको छ । अब सेमिफाइनलमा लेवनानले भारत र बङ्ग्लादेशले कुवेतसँग खेल्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)