बारको मानवअधिकार राष्ट्रिय गोष्ठी : जेनजी आन्दोलनपछिको परिस्थितिमा केन्द्रित
baahrakhari.com · Wed Dec 10 17:41:06 GMT 2025

काठमाडौं । नेपाल बार एसोसिएसनको मानवअधिकारसम्बन्धी राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । गोष्ठीले जेनजी आन्दोलनपछिको उत्पन्न परिस्थिति, निजी सम्पत्तिसहित मानवअधिकारको रक्षा, आन्दोलनका क्रममा र आन्दोलनपछि आएको अराजकताले भएको क्षतिको निष्पक्ष छानबिन गरी पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न सबैको ध्यान आकर्षण गरेको छ ।
"न्यायपालिकाअन्तर्गतका विभिन्न अड्डा अदालत, राष्ट्रिय महत्त्वका भौतिक संरचना तथा सम्पति तथा थुप्रै व्यक्तिगत एवम् सामाजिक अभियन्ताका रूपमा रहेका कानुन व्यवसायीको निजी सम्पत्ति, ल फर्म र निजी व्यावसायिक प्रतिष्ठानका संरचना तथा सम्पति नष्ट भएका छन्," जनकपुर घोषणापत्रमा भनिएको छ, "यसबाट राज्य र नागरिकलाई ठूलो क्षति भएको छ भने व्यक्तिगत रूपमा व्यक्तिको विभिन्न मौलिक एवम् आर्थिक हकको हरण भएको छ ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)