नेप्से ४ अंकले घट्यो, साढे ३ अर्बको कारोबार
ajakoartha.com · Fri Aug 07 09:35:00 GMT 2026

काठमाडौं- साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन घटेर बन्द भएको छ। अघिल्लो दिन दोहोरो अंकले घटेको बजार बिहीबार पनि ४.०५ अंकले ओरालो लाग्दै २६५०.०९ विन्दुमा कायम भएको हो।
आज कारोबारमा आएका ३३४ कम्पनीमध्ये १८५ कम्पनीको सेयर मूल्य घट्दा ८४ कम्पनीको मूल्य बढेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ। सेन्सेटिभ इन्डेक्स पनि १.१६ अंकले घटेर ४६३.५६ विन्दुमा झरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)