कांग्रेस महाधिवेशन: सभा गृहमा मतदान सम्पन्न, गणना केहीबेरमा शुरु हुने
makalukhabar.com · Mon Dec 13 17:55:07 GMT 2021
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर शुरु भएको मतदान राती साढे ११ बजे सकिएको निर्वाचन समितिले जनाएको छ । मुचुल्का तयार पार्नेलगायत काम शुरु गरिएको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि राती साढे ११ बजेसम्मको समय तोकिएको थियो । राष्ट्रिय सभा गृहमा जम्मा १३९१ जनाले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
मतदान सकिएपछिका प्राविधिक कुराहरु सकेर राती १ बजेबाट मतगणना शुरु गर्ने तयारी रहेको पनि समितिले जनाएको छ । मतदानस्थल राष्ट्रिय सभा गृह मा सभापतिको मतगणना गरिने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)