अमेरिकाबाट एकैपटक १०० भन्दा बढी नेपाली डिपोर्ट हुँदै, दूतावासले गर्यो नागरिकता प्रमाणीकरण
barnanmedia.com · Thu Feb 26 23:06:24 GMT 2026

अमेरिकाले गैरकानुनी रूपमा बसोबास गरिरहेका एक सयभन्दा बढी नेपालीलाई एकैपटक देश निकाला (डिपोर्ट) गरी नेपाल पठाउने तयारी गरेको छ। वासिङ्टन डिसीस्थित नेपाली दूतावासले ती व्यक्तिहरूको नागरिकता र पहिचान प्रमाणीकरण गरिसकेको छ।
अमेरिकी अध्यागमन अधिकारीहरूले तत्कालै काठमाडौं पठाउने योजना बनाए पनि प्राविधिक कारणले प्रक्रियामा केही दिन ढिलाइ भइरहेछ। डिपोर्ट हुनेहरूको सूचीमा रहेकामध्ये अधिकांश मेक्सिकोको बाटो हुँदै अवैध रूपमा अमेरिका छिरेका युवाहरू छन्, पुरूष छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)