संस्कृति मन्त्रालय मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
nepalnews.com · Fri May 15 16:38:04 GMT 2026

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहत निकायमा रिक्त पदमा पदपूर्ति, नियुक्ति र मनोनयनका लागि रोष्टर सूचीमा नाम सूचीकृत गर्न आह्वान गरेको छ ।
मन्त्रालयका प्रवक्ता, सहसचिव जयनारायण आचार्यले मन्त्रालयको वेबसाइट https://tourism.gov.np मा गई रोष्टर सूचीमा नाम सूचीकृत हुनेसम्बन्धी सूचना खोलेर त्यहाँ रहेको ‘क्यूआर कोड’ स्क्यान गरी इच्छुक व्यक्तिले नाम सूचीकृत गर्न सक्ने गरी आवश्यक व्यवस्था मिलाइएको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)