प्रधानमन्त्री र मन्त्री क्वाटरमा ग्यासको अभाव छ कि छैन ? : रमेश प्रसाईं
reportersnepal.com · Fri Aug 07 09:57:36 GMT 2026

काठमाडौं । केही दिन यता देशैभर खान पकाउने ग्यासको अभाव भइरहेको छ । यसै विषयलाई लिएर आज सदनमार्फत सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद रमेश प्रसाईंले सरकारको ध्यानाकर्षण गरेका छन् । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको क्वाटरमा ग्यासको अभाव छ कि छैन भनि सोधेका छन् ।
उनले रास्वपाको सरकार आएपछि सरकारी कार्यालयमा ‘नो लाइन वानली अनलाइन’ भनी आफैँले गरेको वाचा स्मरण गरे । ‘भात पकाउने ग्यासका लागि जनता दिनभर र रातभर, मध्यरातसम्म लाइनमा बसेको दृश्यले मलाई चाहिँ साँच्चिकै लाज लागेको छ,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)