अपडेट गरेपछि किन स्लो हुन्छ आइफोन ?
barnanmedia.com · Fri Aug 07 09:50:19 GMT 2026

आईफोन प्रयोगकर्ताहरूले धेरै नै गुनासो गर्ने एउटा कुरा छ, एप्पलले नयाँ आईओएस अपडेटहरू जारी गरेपछि जानाजानी पुराना आईफोनहरूलाई ढिलो बनाउँछ हो ? प्रयोगकर्ताहरूले नयाँ आईफोनहरू किनुन भनेर यस्तो गरिएको धेरै मान्छे सोच्छन् । साँच्चै यस्तै हो त ? यसको वास्तवकि कारण के होला ?
यस प्रश्नको उत्तर हो ‘हो’ । समय बित्दै जाँदा पुरानो आइफोनको स्पिड पहिलाको जस्तौ रहँदैन । यो प्रयोगकर्ताले मात्रै भनेको कुरा होइन एप्पलले पनि यसलाई स्वीकार गरेको छ कि पुराना हुँदै गएपछि आईफोनहरूको पफर्मेन्स सुस्त हुँदै जान्छ । यसको सबैभन्दा ठूलो कारण फोनको ब्याट्री हो । आईफोन पुरानो हुँदै जाँदा, यसको लिथियम–आयन ब्याट्री क्षमता घट्न थाल्छ । यस्तो कमजोर ब्याट्रीले अब प्रोसेसरलाई पूर्ण रूपमा पावर दिन सक्दैन, जसले फोनको गतिलाई असर गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)