विद्युतीय भुक्तानीबारे अभिमुखीकरण सम्पन्न
abhiyandaily.com
विराटनगर (अस) । भन्सार विभागले प्रारम्भ गरेको विद्युतीय भुक्तानी (ई–पेमेन्ट)बारे उद्योग संगठन मोरङको आयोजना र विराटनगर भन्सार कार्यालयको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार अर्थ मन्त्रालय, भन्सार विभागले आयात निर्यात तथा व्यापार सहजीकरण गर्ने उद्देश्यले प्रारम्भ गरेको विद्युतीय माध्यमबाट भन्सार महशुल भुक्तानी गर्ने सेवाको सम्बन्धमा उद्योग व्यवसायमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि गर्न अभिमुखीकरण गराइएको हो ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले अनलाइन भुक्तानी प्रणालीका प्राविधिक ज्ञान दिलाउन कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा विराटनगर भन्सार कार्यालयका माधव अधिकारी र दीपक कार्कीले विद्युतीय माध्यमबाट भुक्तानी गर्दा सेवाग्राहीले अपनाउनुपर्ने प्रक्रिया, भुक्तानीको माध्यम, उद्योगी/व्यवसायीले अपनाउनुपर्ने सावधानी लगायत विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)