नेप्से लगातार ओरालो, कारोबार रकम पनि घट्यो
kendrabindu.com · Fri Aug 07 10:05:46 GMT 2026

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ। बजार ४.०५ अंकले घट्दै २६५०.०९ विन्दुमा बन्द भएको हो।
बजारसँगै कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो दिन ४ अर्ब ६२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार यो रकम घटेर ३ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। यसदिन ३३४ वटा धितोपत्रका एक करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर किनबेच भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)