खुला सीमा र निगरानी अभावका कारण ५२६ रोहिङ्ग्या नेपालमा छिरे, २१६ बालबालिका
aarthiknews.com

काठमाडौं । खुला सीमा र प्रविधियुक्त सुरक्षा निगरानीको अभावका कारण पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ५२६ जना रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको जानकारी दिए।
प्रहरीका अनुसार नेपालमा रहेका रोहिङ्ग्यामध्ये १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौंको कपन, लसुनटार र राममन्दिर क्षेत्र तथा ललितपुरको सुनाकोठीमा बसोबास गर्दै आएका छन्। प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै काफ्लेले खुला सीमा र आधुनिक निगरानी प्रणालीको अभावका कारण यस्ता व्यक्तिको पहिचान तथा निगरानीमा चुनौती देखिएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)